सर्लाहीमा भिषण आगलगी, लाखौँको क्षति

Please follow and like us:

अनिता साह

२२ असार / सर्लाही /

सर्लाहीमा भिषण आगलगी भएको छ । सर्लाहीको बरहथवा न.पा.(७ नयाँ फिल्महल रोड स्थित शणिबार साझ करिब ६ बजे भिषण आगलगि भएको हो । सोही बस्ने मनोज दासको काठको दुई तल्ले टाएलको छानो भएको घरमा खाना पकाउने क्रममा अचानक सिलिन्डरमा जडान गरेको पाईपबाट ग्याँस लिग भई आगा लागि भएको छ ।

आगलगीबाट १५ लाख मुल्य बराबरका धनमाल नष्ट भएको छ । आगो स्थानिय वासि र प्रहरीको सहयोगमा साझ करिब ६ बजके ५० मिनेटमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ । घर पुर्ण रुपमा जलेर नष्ट भएको छ र मानबिय तथा चौपाय क्षति नभएको ,उक्त घरमा रहेको लत्ता कपडा,धान,गहुँ,सुनको सिक्रि,सामसुङको मोबाइल २ वटा र घर गरि १५ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)