ओलीको वर्तमान सरकारलाई राजा फाले जस्तै फाल्नु पर्ने – अध्यक्ष अन्सारी

Please follow and like us:


अनिता साह
९ असार/ काठमाडौं । बर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदै लोकतन्त्रलाई धरापमा पार्ने काम तर्फ उन्मुख भएको नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व गृह राज्यमन्त्रि रिजवान अन्सारीले आरोप लगाउदै प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारलाई राजा फाले जस्तै फाल्नु पर्ने अवस्था आएको बताउनुभयो । अध्यक्ष अन्सारीले सरकारको इसारामा लोकसेवा आयोगले मधेशी, आदिवासी जनजाति, दलित, थारु तथा मुस्लिम समुदायलाई संविधान प्रदत्त समावेशी अधिकारबाट वञ्चित गराउन गम्भिर षड्यन्त्रपूर्ण तरिका ल्याएको विज्ञापन अबिलम्ब खारेज हुनु पर्नेमा जोड दिदै लोकसेवा आयोगले नियतवश यस्तो विज्ञापन प्रकाशित गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष अन्सारीले तत्काल सो विज्ञापन नसच्याए मुलुकका सबै क्षेत्रबाट आन्दोलनको हुरी उठने चेतावनी दिदै अन्सारीले सो विज्ञापन नसच्याइए त्यसको कानूनी उपचार खोजिने तथा चरणबद्ध आन्दोलनद्वारा उत्पीडित वर्गका खण्डित भएको अधिकार स्थापित गराउन आफनो पार्टी लागिपर्ने समेत बताउनुभयो । कानूनविपरीत स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्ना सम्बन्धि सूचना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा लोक सेवा आयोगलाई सहयोग गर्न नेपाल संघिय समाजवादी पार्टीले अपिल गरेको छ ।
नेपाल संघीय समाजवादी पार्टीले लोकसेवा आयोगले निकालेको विज्ञापन प्रति विरोध जनाउदै गत शनिवार काठमाण्डौको रत्नपार्क शान्ति बाटिकाबाट पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार शनिवार काठमाडौंको शान्तिवाटिका देखी सुरु भएको विरोध रयाली नयाँ बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो । यसअघि पनि प्रधानमन्त्रीलाई पार्टीले ज्ञापन पत्र बुझाएका थिए । संविधान संशोधन मुख्य एजेन्डा सहित आन्दोलनमा होमिएको पार्टील लोकसेवा आयोगको विज्ञापन खारेज, धर्म संस्कृतिमाथि प्रहारको विरोध र संविधान संशोधनका लागि सरकारमाथि दबाव दिन विरोध प्रदर्शन गरेको हो ।
नेपाल सँघीय समाजवादी पार्टी यो भन्दा पहिला पनि सरकार विरुद्ध आन्दोलन गर्दै आएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)