सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाईते

Please follow and like us:

३० जेठ / सर्लाही / सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा बुधवार राती २ मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा चार जना घाईते पनि भएका छन् । हरिपुरबाट बयलवास गईरहेकोे ना २५ प ६९२२ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको ज ५ प ७८८६ नम्वरको मोटरसाइकल ठोक्किँदा ना २५ प ६९२२ नम्वरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ज ५ प ७८८६ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो राती करिब साँढे १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाईते भएका चौधरी द्वोयको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा आज बिहिवार बिहान ३ बजे मृत्यु भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । दुर्घटनाका घाईतेमध्ये लालबन्दी नगरपालिका–४ का २१ वर्षीय सन्तोष चौधरी र ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षका धीरेन्द्र चौधरीलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ । सामान्य घाईते ईश्वरपुर नगरपालिका–१५ का २१ वर्षीय अक्षय चौधरी, सोही ठाउँका २१ वर्षीय जुगल चौधरी उपचारपछि घर फर्किनु भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको प्रहरी प्रमुख भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)