११७ जनालाई बागमती नगरपालिकाद्धारा रोजगार

Please follow and like us:

२९ जेठ/ सर्लाही / ११७ जनालाई बागमती नगरपालिकाद्धारा रोजगार दिएको छ । सर्लाहीको बागमती नगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सूरुवात गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरणमा ११७ जनाले रोजगारी पाएका छन् । नगरको १२ वटै वडाबाट कामदार छनोट गरी ३० दिने रोजगार प्रदान गरिएको बागमती नगरपालिकाको रोजगार संयोजक निलम कुशवाहाले जानकारी दिनुभयो । रोजगारका लागि ९९५ जना बेरोजगारले फारम भरेकामध्ये अति विपन्न परिवारका व्यक्तिलाई छनौट गरी रोजगारी प्रदान गरिएको बागमती नगरपालिकाले जनाएको छ ।

छनौट भएकाहरुलाई नगरपालिका भित्र रहेका सडकका छेउछाउमा वृक्षारोपण गर्न, विद्यालय र वडा कार्यालय छेउछाउमा सरसफाईको काम गर्न खटाइने रोजगार संयोजक कुशवाहाले बताउनुभयो । ३० दिन काम गर्ने कामदारले दैनिक ५१७ रुपिँया ज्याला पाउने बताइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्ष २०७५÷०७६ मा बागमती नगरपालिकामा २६ लाख रुपिँया बजेट प्राप्त भएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो । रोजगार प्राप्त गर्न १८ वर्ष पूरा भइ ५९ वर्ष ननाघेको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)