विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैँ

Please follow and like us:

२९ जेठ / विश्वकप क्रिकेटमा आज अष्ट्रेलियालाई पाकिस्तानको डर छ । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार सवा ३ बजे अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ । वहा पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया पनि रहेको छ । पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले दोस्रो खेलमा भने आयोजक इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको थियो । तर श्रीलंकाविरुद्धका खेल भने वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो ।

इंग्ल्यान्डमाथि सनशनीपूर्ण जित निकालेको पाकिस्तान अष्ट्रेलियामाथि पनि त्यस्तै जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने अष्ट्रेलियाले दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । तर आफ्नो तेस्रो खेलमा भने भारतसँग पराजित भएको थियो । विश्वकपको सेमिफाइनल यात्रालाई बलियो बनाउनका लागि पनि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब रहेको छ ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)