बारामा ग्यास लिक भएर आगलागी हुदा ७ जना घाइते

Please follow and like us:

२४ जेठ / बारा / बारामा ग्यास लिक भएर आगलागी हुदा ७ जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिण्डर ग्यास लिक भएर लागेको आगोमा परी ७ जना घाइते भएका हुन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवाना स्थित स्याउली बजारमा आगलागी हुँदा एकै परिवारका चारसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अस्था गम्भीर रहेको छ । उनीहरु सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ गरी एकै परिवारका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ । त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब सबा ७ बजे ग्यास लिक भएर सल्किएको आगो फैलिएको नजरमानका छोरा सिल बहादुर थिङले जानकारी दिए । आगलागीपछि उद्धारका लागि पुगेकाहरुलाई पनि आगोले पोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)