६५ वर्षमै वृद्धभत्ता दिइयोस : नेपाली कांग्रेस सांसदको माग

Please follow and like us:


२३ जेठ / काठमाडौं / नेपाली कांग्रेसले वृद्धभत्ता ६५ वर्ष उमेर पूरा भएकाहरुलाई दिन माग गरेको छ । आज बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् । ’तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्षमा ल्याउने निर्णय गरेको थियो । वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन जोडदार माग गर्दछु यादवले भन्नुभयो ।

नेपालका ५२ जिल्लाका मानिसहरुको औसत उमेर नै ६५ वर्षभन्दा तल छ प्रमुख सचेतक खाँडकाले भने, । त्यसकारण ७० वर्षलाई ६५ गराइयोस् भन्ने हाम्रो माग हो । हिजोको पूर्ववर्ती सरकारले यो निर्णय गरिसकेको थियो । अहिलेको सरकारले यसलाई किन फिर्ता लिने ? कांग्रेस सांसदहरुले गम्भीर प्रकारका चार प्रकारका बिरामीलाई पाँच हजार भत्ता दिने घोषणा कार्यान्वयनको पनि माग गरेका छन् । कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । तर, यो लागू भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)