जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारीलाई पक्राउ

Please follow and like us:

२३ जेठ/ वीरगञ्ज / जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारीलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका वडा नं.७ का २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार रहेका छन् ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको उनीहरुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट २ लाख ९९ हजार ५०० रुपैयाँ सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट दुईवटा मोवाइल समेत बरामद गरी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)