मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको जिल्ला प्रसासन कार्यालय अगाडी धर्ना

Please follow and like us:

०३ जेठ / सर्लाही / नेपाल सरकारले पत्रकारलाई नियमन गर्न ल्याएको मिडीया काउन्सिल बिद्येयकको बिरोधमा आज शुक्रवार पत्रकार महासँघ सर्लाही शाखाले जिल्ला प्रसासन कर्यलय अगाडी धर्ना दिएका थिए । धर्ना कार्यक्रममा जिल्ला भरीका पत्रकारहरुले आ आफनो सञ्चार उपकरण राखेर बिधेयकको बिरोध गरेका थिए । सो बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासँघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले हाल सरकारले ल्यायको बिद्येयक प्रेस स्वतन्त्रता बिरुध्द रहेका तथा नेपाली जनताको अधिकार प्राप्तिको आन्दोलनमा कान्धमा कान्धमा मिलाएर आज सत्तामा आए पछि आज सम्पुर्ण पत्रकारीता जगतलाई नै अकुश लगाउन खोजेको आरोप लगाउनु भयो । अध्यक्ष ठाकुरले सो बिधेयक तत्काल खारेज हुनुपर्ने मांग समेत राख्नु भयो ।

सरकारले सञ्चार संस्था र सञ्चारकर्मीहरुलाई नियमन गर्न ल्याएको मिडीया काउन्सिल बिद्येयकको दफा ५० मा उल्लेख भएका प्रकाशन तथा प्रसारण गर्न नहुने र ५९ मा उल्लेख भएको जरिवानाको व्यवस्था हालको व्यवस्था भन्दा नियन्त्रनमुखी सोचवाट आएकोले सो को नेपाल पत्रकार महासंघ लगायत देश भरीका शाखा सहित सर्लाही शाखाले पनि बिध्येकको खारेजका मांग गर्न जिल्ला प्रसासन कार्यलय सर्लाही अगाडि सञ्चार उपकरन सहित धर्ना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)