सर्लाहीमा लागु औषध गाँजा र गाडी सहित २ जना मानिस पक्राउ

Please follow and like us:

२ जेठ / सर्लाही / सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.७ हस्पिटल नजिकै बाट बुधबार राती लागु औषध १५० किलो गाँजा र भारतीय BR ३० p १४५८ नं.को गाडी सहित २ जना मानिस पक्राउ परेको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.७ मा बस्ने सनोज राज घिमिरे ,जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१८ भिस्वा घर भई हाल लालबन्दी नगरपालिका वडा नं.७ मा ग्यारेज गरी बस्ने बर्ष २२ को सिधु सिंह पक्राउ परेको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीका प्रहरी नायब निरीक्षक देवी बहादुर राउत जानकारी दिनु भएको छ । पक्राउ परेका व्यक्तिहरुले जिल्ला सर्लाही लालबन्दी नगरपालिका आसपासको क्षेत्रबाट लागु औषधको खुले आम बिक्री तथा ओसार पसार गरी भारतीय तथा स्थानीय मानिसहरुको माग अनुसार पोका बनाई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । । साथै बुधबार त्यही लालबन्दी नगरपालिका वडा नं.६ बस्ने संगम लामाको घरबाट पनि लागु औषध गाँजा ६२ किलो बरामद भएको थिए । पक्राउ परेका व्यक्तिहरुलाई सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सो जानकारी गराइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)