ब्रहमपुरी गाउपालिकामा स्वास्थ्य प्रवद्धन मेरो वर्ष अभियानको शुभारम्भ

Please follow and like us:

ब्रहमपुरी गाउपालिकाका स्वास्थ्य शाखाले सर्ने नसर्ने रोगको रोकथाम सम्बन्धि १ दिने सञ्चार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सर्लाहीका सञ्चारकर्मीहरुलाई सर्ने र नसर्ने रोगको बिषयमा जानकारी गराउदै स्वास्थ्य शाखा हेल्थ अस्सिटेन्ट राजेश कुमार महतोले स्वास्थ्य प्रवद्धन मेरो वर्ष अभियानका बारेमा प्रचार प्रसार गर्ने स्वस्थ्य रहन सहन ,जिवन शैलीमा आधारीत रोगहरुको उच्च प्रकोप समयमा रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवारको पौष्टिकको लागी हेरचाह र स्वास्थ्य उपचारमा वृद्धि भएको जानकारी गराउदै हेल्थ अस्सिटेन्ट महतोले स्वस्थ्य जिवनको आवश्यक्ता रहेको बताउदै उहाले ५ प्रतिवद्धताको वारे जानकारी दिनु भएको थियो, भने व्रहमपुरी गाउपालिकाको स्वाथ्य प्रमुख उपेन्द्र राउतले स्वास्थ्य सम्बन्धि पत्रकारहरुले गरेको जिज्ञासाको उत्तर दिनु भएको थियो । कार्यक्रममा पत्रकार महासँघको अध्यक्ष विश्वनाथ ठाकुर, स्वर्णिम एफ एम का मनोज यादव , पत्रकार महासँघको उपाध्यक्ष बख्तियार अली ,कोषाअध्यक्ष रामगोविन्द राय र पत्रकार बिध्यानन्द राय लगायतको उपस्थ्तिी रहेको थियो ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)