हरिपुर नगरपालिकामा आधारभुत टेलिफोन सेवा सञ्चालन

Please follow and like us:

३१ बैशाख /सर्लाही / सर्लाहीको हरिपुर नगरपालिकामा आधारभुत टेलिफोन सेवा सञ्चालनमा आएको छ । टेलिफोन सेवाको उद्धघाटन नेपाल टेलिकमका क्षेत्रिय निर्देशक तथा हरिपुर नगरपालिका अध्यक्ष जमरुदिन अँसारीले गर्नु भएकोथियो । उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष अँसारीले टेलिफोन सेवा सञ्चालन भएपछि आम जनतामा सुचना प्रबिधिको जनतामा पहुच सहज हुने बिश्वास व्यक्त गर्दै यो सेवाले अब हरिपुर नगरपालिकालाई इन्टरनेट लगायत आधारभुत टेलिफोनको सेवा उपल्ब्ध हुने बताउनुभयो ।
यो भन्दा पहिलो हरिपुर नगरपालिकाको जनताले तार रहित सेवाहरुको मात्रै सदुपयोग गर्दै आएका थिए भने तार सहितको अधारभुत टेलिफोनले गुणस्तरीय सञ्चार सेवा तथा इन्टरनेटको सेवा दिनेमा बिश्वास व्यक्त गर्नुभयो । यो कार्यक्रममा मलँगवा कार्यलय प्रमुख राम नरेश यादव तथा लेखापाल मनिष गुप्ता ,सरोज यादव लगायतका उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)