प्रचण्डजीको धम्कीबाट डराउँदैनौं, मधेश सरकार ढालेर देखाउन चुनौती छ : मुख्यमन्त्री राउत

Please follow and like us:

जनकपुरधाम / बैशाख १८ / नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ बारे दिएको अभिव्यक्ति उपर प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत मुख खोलेका छन् । प्रदेश २ को सरकार ढालेर नेकपाकै सरकार बन्न सक्ने अभिव्यक्ति दिएका प्रचण्डलाई सरकार ढालेर देखाउन मुख्यमन्त्री राउतले चुनौती दिएका हुन् ।प्रदेश २ मा अहिले फोरम र राजपा गठबन्धनको सरकार छ । बहुमत पुर्याएर सरकार बनाउन प्रचण्डलाई मुख्यमन्त्री राउतको चुनौती छ । उनले भने, ’बहुमत पुगे सरकार बनाए हुन्छ, सरकार बनाउन उहाँलाई कसले रोकेको छ र ?’मुख्यमन्त्री राउतले प्रचण्डको यस्ता भनाई र धम्कीबाट आफूलाई केहि फरक नपर्ने र नडराउने बताए । नेकपा अध्यक्ष प्रचण्डले मंगलबार प्रदेश २ मा रहेको सरकार ढालेर नेकपाकै सरकार बनाउन सक्ने अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)